अपडेट 
२०७८ पुष २४, शनिबार ०५:४८

जनकपुरधाम । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश २ भरि एक सय जनामा कोरोना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

गत २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट ३१ जनाको परीक्षण गरिएको छ र सो मध्ये ७ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य निर्देशनालय सपहीले जनाएको छ । त्यसैगरी गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा ३ जनामा, जलेश्वर अस्पताल पिसीआर ल्याबमा ५ वटा पिसीआर परीक्षण गर्दा सबैको रिपोर्ट निगेटिभ आएको हो । त्यस्तै मलंगवा अस्पताल सर्लाहीमा ७ वटा पिसिआर परिक्षण गरिएको छ भने गौर अस्पताल रौतहटमा २३ वटा पिसिआर र ३१ वटा ऐन्टिजेन परीक्षण गर्दा सबैको रिपोर्ट निगेटिभ नै आएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टा भित्र संक्रमित हुनेहरुमा धनुषा जिल्लाको जनकपुरधाम उप–महानगरपालिकाका ४१ वर्षीय महिला तथा १५ वर्षीय युवक रहेका छन् । गणेशमान चारनाथ नगरपालिकाका १६ वर्षीय युवक,धनौजी गाउँपालिकाका २४ वर्षीय युवक, परसाही हंसपुर नगरपालिकाका ४८ वर्षीया महिला,महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाका ५९ वर्षीय पुरुष तथा सर्लाहीको हरि पूर्वा नगरपालिकाका २१ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार संक्रमित हुनेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्यकर्मीको सम्पर्कमा आइसोलेसनमा उपचार भइरहेको जनाइएको छ । प्रदेश २ भरि कोरोना संक्रमणको कारण मृत्यु हुनेहरुको संख्या १ हजार ४० रहेको छ । सो मध्ये सप्तरीमा १ सय ५६, सिरहामा १ सय ३४, धनुषामा १ सय ३१, महोत्तरीमा ९१, सर्लाहीमा ९३, रौतहटमा १ सय २८, बारामा १ सय ७६, पर्सा १ सय ३० र एक जना भारतीय नागरिकको कोरोना संक्रमणको कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ । मृत्यु हुनेहरुमा ७ सय ५८ पुरुष तथा २ सय ८२ जना महिला रहेको जनाइएको छ । त्यसै गरी शुक्रबार २ जना पुरुष कोरोनाबाट मुक्त भइ निको भएका छन ।

https://www.youtube.com/watch?v=R7LsVtWys04

Comment


Related News

Latest News

Trending News