अपडेट 
२०७८ पुष २४, शनिबार ०५:५७

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले उप– महानगरमा कोरोनाबाट मृत्यु भएका १८ परिवारलाई राहत स्वरुप २५ हजारका दरले सहयोग गरेका छन् ।

उप–महानगरमा आयोजित एक कार्यक्रम बीच मृतकका परिवारलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । कोरोनावाट मृत्यु भएका इन्द्रासन देवी, संजयकुमार राय, प्रणयकुमार यादव, सीतादेवी ढकाल, सीता परियार, राम रतन कापर, परशुराम ठाकुर भूमिहार, गोविन्द मिश्र, राम बहादुर भुजेल, जानकी बल्लभ दास, योगेन्द्र महासेठ सुडी, बैजनाथ यादव, सुरेन्द्र प्रसाद साह र राजवती देवी सुडीका परिवारलाई २५ हजारको चेक हस्तान्तरण गरिएको छ भने सुरेन्द्र साह सोनार, सरेश महासेठ, हिरा देवी श्रेष्ठ र मोहन साहको परिवार अनुपस्थित भएका कारण उनीहरुलाई पछि सहयोग उपलव्ध गराउने जनाइएको छ । सो कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले राहत स्वरुप प्रदान गरिएको राशिले भएको क्षतिको भर्पाइ गर्न नसक्ने बताएका थिए । उनले उप– महानगरबाट हुन सक्ने न्यूनतम सहयोग मात्रै भएको बताएका थिए ।

Comment


Related News

Latest News

Trending News