२०७८ पुष २४, शनिबार ०६:०२

जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले देश निर्माणको क्रममा रहेकोले विकासको कामको साथ साथै जनताको अधिकार प्राप्तिको आन्दोलनलाई संग संगै अघि बढाउनु पर्ने आवश्यकतामा जोड दिएका छन् ।

जनकपुरधाममा शुक्रबार आयोजित एकीकृत प्रगतिशील ईन्जिनियर समूहको केन्द्र तथा प्रदेश नं.२ को चुनावी सभा तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उनले भने,‘विगतको समयमा जनताले गरको विभिन्न संघर्षबाट प्राप्त उपलब्धिको रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई विकासमा समेत अगाडि बढाउनु पर्ने आजको आवश्यकता हो।’ हामी देश निर्माणको पक्रियामा लागिपरेको बताउंदै उनले मधेशी ,आदिवासी ,जनजाती ,मुस्लिम लगायतका उत्पीडित जनताहरुलाई कसरी अधिकार सम्पन्न बनाउने सोको लागि जनआन्दोलन,जनयुद्ध तथा मधेश आन्दोलन भएको र अझै पनि अपेक्षा अनुसारको माग पूरा नभएकोले सबै वर्ग सचेत हुन जरुरी रहेको बताए । देश निर्माणको लागि ईन्जिनियरहरुको महत्वपूर्ण भुमिका हुने गरेकोले जनअपेक्षा र वर्तमान प्रविधिको युग अनुकूलको विकास निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्नेमा जोड दिँदै उनले भने,‘एकातिर विकास निर्माणलाई तीव्र बनाउनु पर्नेछ भने अर्कोतिर पहिचान सहितको अधिकार सुनिश्चितताको लागि सडक र सदनबाट संघर्ष जारी राख्नु पर्छ ।’ सोही कार्यक्रमबीच नेपाल राष्ट्रिय ईन्जिनियर ,समाजवादी ईन्जिनियरिंग एशोसिएन नेपाल तथा नेपाल ईन्जिनियरिंग समाजको तर्फबाट नेपाल ईन्जिनियरिंग एशोसिएन प्रादेशिक केन्द्र प्रदेश नम्बर २ कालागि संयुक्त उम्मेदवारहरुको घोषणा समेत गरिएको छ ।

घोषित उम्मेदवारहरुमा सभापतिमा राजेश यादव,उपसभापतिमा कार्तिकेश झा , सचिवमा रामनारायण यादव,सह–सचिवमा राजिव साह ,कोषाध्यक्षमा अञ्जु कुमारी यादवको उम्मेदवारी परेको छ भने सदस्यमा उम्मेदवारी दिनेहरुमा कुन्दन ठाकुर,प्रविण कुमार यादव,सोनाली ठाकुर,अमित कुमार यादव,जितेन्द्र कुमार यादव,रोशनी कुमारी झा,दयानन्द साह,रवि पटेल,विशाल कुमार झा तथा प्रदिप यादव रहेका छन् । त्यस्तै प्रदेश २ बाट केन्द्रीय सदस्यको लागि संजय कुमार यादवको उम्मेदवारी दिइएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News