२०७८ पुष २४, शनिबार १६:०४

जनकपुर जयनगर रेलको पुनः परीक्षण गरिएको छ । शनिबार, धनुषाको इनरुवा स्टेशनमा थन्किएको दुवै रेलको इन्जिन परीक्षण गरिएको छ। ईनरुवाबाटर दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर परीक्षण गरिएको छ ।

नेपाल आएदेखि रेल थन्किएरै रहेकोले दुबै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटर आदि पार्टसहरु खराब भएको थियो र दुबै रेलको इन्जिन आदि पार्टसहरुको मर्मतसम्भार गरि ट्रायलको लागि कुर्थासम्म गुडाएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

जनकपुर जयनगर रेल औपचारिक रुपमा कहिलेदेखि सुरु हुने भन्ने हालसम्म कुनै टुंङो लागेको छैन । यसअघि मंगलबार ट्रयाक परीक्षण गरिएको थियो ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News

Latest News

Trending News