२०७८ पुष २५, आईतवार ०७:४६

वीरगञ्ज । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका संघीय अध्यक्ष दण्ड गुरुङले आदिवासी जनाजाती भएकै कारण नेपाल पत्रकार महासंघको सदस्यताबाट वञ्चित गरिएको आरोप लगाएका छन् ।

पर्साको वीरगञ्जमा शनिबार महासंघ प्रदेश नम्बर २ का महाधिवेशनमा बोल्दै उनले यस्तो आरोप लगाए । कार्यक्रममा अध्यक्ष गुरुङ्गले पत्रकार महासंघले जातको आधारमा आदिवासी जनजाती पत्रकारमाथि विभेद कायम राखेको आरोप समेत लगाए । आदिवासी जनजाती पत्रकारहरु अझै पनि पत्रकार महासंघको सहज रुपमा सदस्यता लिन नसकेको गुनासो गर्दै उनले भने,‘ जातको आधारमा भेदभाव गरेका कारण आदिवासी जनजाती पत्रकारहरु महासंघको सदस्यताबाट लिन वञ्चित बनेका छन् । आदिवासी जनजाती पत्रकार महासंघको आवश्यकता र औचित्यताबारे चर्चा गर्दै उनले संचार क्षेत्र अझै समावेशी हुन नसकेकोले संचार क्षेत्रलाई पूर्ण समावेशी बनाउनु पर्नेमा जोड दिए । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सीता गुरुङ्गले आदिवासी जनजाती पत्रकारहरुले जनजातीको पहिचान र अधिकार प्राप्तिको लागि ठूलो योगदान गरेको बताइन् । आदिवासी जनजाती समुदायको नेपाल आदिवासी जनजाती पत्रकार महासंघका संघीय वरिष्ठ उपाध्यक्ष गजुरधन राईले आदिवासी जनजाती पत्रकार महासंघले पछि पारिएका जात समुदायको हक अधिकार सुनिश्चिताको लागि कलम चलाउनुपर्ने आवश्यकता औंल्याए ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष प्रमेश बादेको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, प्रदेश २ का उपाध्यक्ष श्याम बंजारा, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, आदिवासी जनजाती महासंघ प्रदेश २ का वरिष्ठ उपाध्यक्ष कमल पिठाकोटे, आदिवासी जनजाती पत्रकार महासंघका प्रदेश २ का ईन्चार्ज नीरज पिठाकोटे, वीरगञ्ज उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल लगायतले आ– आप्mनो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News