अपडेट 
२०७८ पुष २५, आईतवार ०७:४८

मलंगवा । द सहारा लोन सेविंग्स को–अपरेटिभ सोसाइटी लिमिटेडले ७ करोड ९३ लाख ९८ हजार १ सय १ रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

संस्थाको शनिबार मलंगवामा सम्पन्न २५ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहको अवसरमा सो जानकारी दिईएको हो । सभामा संस्थाका अध्यक्ष नागेन्द्र कुमारद्धारा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७÷०७८ सम्म ३ अर्ब ८९ लाख ३८ हजार ३३ रुपैयाँ निक्षेप संकलन गर्नुको साथै ३ अर्ब ७ करोड ७७ लाख ८४ हजार लगानी गरेको जनाइएको छ । संस्थाले गरेको कारोबार वापत नेपाल सरकारलाई ८० लाख ५८ हजार ३ सय २८ रुपैयाँ १५ पैसा राजश्व तिरेर ७ करोड ९३ लाख ९८ हजार १०१ रुपैयाँ ७२ पैसा खुद मुनाफा गरेको समेत कुमारद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाले नीतिगत व्यवस्था अनुरुप कोषहरुमा बाँडफाँड गरी शेयर लाभांश कोषमा २ करोड ३४ लाख ८६ हजार ६ सय ५९ रुपैयाँ ६ पैसा छुट्याएको छ । साधारण सभाको प्रदेश न–२ का महिला बालबालिका ,युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहले उद्घाटन गरेका थिए ।

सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको द–सहाराको काठमाण्डु , सुनसरी, मोरंग, झापा, उदयपुर, मकवानपुर, सिराहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट लगायतका जिल्लामा सेवा केन्द्रहरु सञ्चालन रहेको छ । सोही अवसरमा संस्थाका अध्यक्ष रायले संस्थाको तर्फबाट अन्तर्राष्ट्रिय बडी विल्डिंग प्रतियोगितामा तेस्रो स्थान हासिल गरेर देश र सर्लाही जिल्लाको सम्मान बढाएको भन्दै सर्लाही टाइगर उपनामले परिचित सुरेन्द्र महतोलाई कदरपत्रद्वारा सम्मानित गरेका थिए ।

Comment


Related News

Latest News

Trending News