२०७८ पुष २५, आईतवार ०७:५३

जनकपुरधाम । लामो समयदेखि धनुषाको ईनरुवा स्टेशनमा थन्काएर राखिएको रेलको इन्जिनलाई शनिबार परीक्षण गरिएको छ । खरिद गरिएको लामो समयपछि एउटै स्थानमा राखिएकोले रेलको ईन्जिनलाई शनिबार कुर्था सम्म गुडाईएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले लामो समयदेखि एउटै स्थानमा राखिएको रेलको ईन्जिन ट्रायलको लागि रेल चलाएको बताए । खरिद गरेर नेपाल आए देखि रेल नचलाउदाँ रेलको ईन्जिनका बैट्री, चक्काको पिस्टन, जेनरेटर खराब भएको थियो । शनिबार कुर्था ल्याउनु अघि रेलको ईन्जिनलाई मर्मत सम्भार गरिएको महाप्रबन्धक झाले जानकारी दिए । २ असोज २०७७ सालमा नेपाल सरकरले भारतसँग दुइ दिशातर्फ चल्न सक्ने डेमो मोडेलको दुई वटा रेल खरिद गरेका थिए । खरिद गरिए पनि कर्मचारी र कानूनको अभावमा रेललाई ईनरुवा स्टेशनमा त्रिपालमुनि छोपिएर राखिएको थियो । सशस्त्र प्रहरीको निगरानीमा रहेपनि रेलको हवाहुरी तथा घामपानीले त्रिपाल च्यातिए पनि लामो समयदेखि रेल त्यस्तै खुल्ला आकाशमुनि थन्काएर राखिए पछि रेलको कलर डिसक्लर समेत भईसकेको छ । रेलचलाएर आएका भारतीय रेल चालक बिएन राईले रेल्वेको अवस्था राम्रो रहेको बताए । रेल्वेमा कुनै समस्या नरहेको बताउँदै उनले भने, ‘ रेल ईन्जिनमा तत्काल कुनै समस्या छैन । तर रेल गुडाउँदा सर्वसाधारण रेल्वे ट्रयाकमा आउने गरेकोले समय समयमा समस्या हुने गरेको छ ।’

यता,महाप्रबन्धक झाले आगामी फरबरी महिनादेखि संचालन हुने गरी आफूहरुले तयारी गरेको बताए । उनले भने,‘रेलको इन्जिनको अवस्था, रेल्वे ट्रैकको अवस्था आदि परीक्षणका लागि आज रेलको परीक्षण गरेका छौ, सबै सामान्य रहेको खण्डमा चाँडै नै रेल संचालन हुनेछ । ।’ रेलको उद्घाटन मिति नेपाल र भारतको सहमतिमा तय हुने बताउँदै उनले तत्काल कर्मचारी व्यवस्थापन, टिकट, लगायतको तयारीमा आफूहरु जुटेको प्रष्ट गरे ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News

Latest News

Trending News