अपडेट 
२०७८ पुष २५, आईतवार ०८:१०

जनकपुरधाम । जिल्ला सहकारी संघ लिमिटेड, धनुषाको ५२ औं वार्षिक साधारण सभा जनकपुरमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष राम बाबु यादवको अध्यक्षतामा उद्घाटन गरिएको सभामा सहभागिहरुले सहकारी मार्फत नै सर्वसाधारणको जिविको परिवर्तन हुनेमा जोड दिए । जिल्ला भित्र रहेका सवै प्रकृतिका सहकारी संघसंस्थाहरुको पर्वधन गर्ने उद्देश्यले विस. २०२६ सालमा स्थापित संघको सधारण सभाबाट अझ सशक्त बनाउन सहभागिहरुले जोड दिएका छन् । संघ भित्र स्थापित सवै प्रकृतिक विषयगत संघ र प्रारम्भिक सहकारी संस्थाहरु आवद्ध हुन पाईने प्रावधान रहेको छ । आप्mना सदस्य संस्थाहरुको विकास र प्रर्वधनका लागि सदस्यहरुमा सेवा प्रदान गर्दै सहकारी संस्थालाई थप व्यवसायिक रुपमा प्रतिस्पर्धात्मक बनाउन सहभागिहरुले जोड दिए । सहकारी शिक्षा, तालिम, सूचना र क्षमता विकास कार्यक्रमलाई प्रत्येक सहकारी संस्थाहरुमा पुर्याउन अनिवर्य रहेकाले संघले सरोकारवाला निकायहरुसंग सहकार्यमा कार्यक्रम संचालन गर्ने प्रतिबद्धता गरेको छ । सरकारले अवलम्बन गरेको तिनखम्बे अर्थनिती अनुरुप सवल अर्थतन्त्र निर्माणका लागि सरकार, निजी क्षेत्र र सहकारी गरी ३ वटै क्षेत्र मजबुत हुनु पर्ने आवश्यक रहेको सहभागिहरुको कथन छ । मुलुकमा ३४ हजार ५ सय १२ प्रारम्भिक सहकारी संस्था, २० वटा विषयगत केन्द्रीय संघ, १ वटा राष्ट्रिय सहकारी बैंक, १ वटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २ सय ६० वटा विषयगत जिल्ला सहकारी संघहरु क्रियाशील रहेको बताईको छ ।

सभामा अध्यक्ष यादवले संघको सदस्य संस्थाहरुको क्षमता विकासका लागि विभिन्न किसिमका तालिम,गोष्ठि, सम्मेलन संचालन गर्ने बताए । धनुषाको प्रत्येक पालिकाहरुलाई सहकारीको एकिकृत व्यवसायिक विकास तथा रणनैतिक योजना, ऐन, नियमावली, कार्यविधि, निति निर्माण तर्जुमा तथा अनुगमन, सुपरिवेक्षण, सहकारी बीच एकिकरण कार्य सम्पादन कार्यक्रम सम्बन्धि समन्वय सहकार्यको लागि आवश्यक पहल गर्ने बताए । सभाको उद्घाटन सत्रमा आर्थिक वर्ष २०७८।०७९ को वार्षिक कार्यक्रम तथा बजेट समेत सार्वजनिक गरिएको छ । कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष प्रमेश्वर साह, सहकारीकर्मी विमला साह, जसपाका युवा नेता वरुण यादव, जिल्ला सहकारी संघका उपाध्यक्ष सिताराम यादव लगायत संचारकर्मी तथा सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News