२०७८ पुष २५, आईतवार ०८:१६
जनकपुरधाम । सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
धनुषाको मिथिला नगरपालिका–१० लालगढमा संस्था गठनको संक्षिप्त पृष्ठभूमि सहित भावी कार्यदिशा बारे सुझाव संकलन गर्दै शनिबार साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख हरिनारायण महतोले सहकारीले समाजमा पु¥याएको योगदान बारे चर्चा गर्दै वित्तीय परामर्श सेवा प्रदान गरी जागरण ल्याउनु पर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष शिव कुमार सुनुवारको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा दिवंगत शेयर सदस्यहरु प्रति श्रद्धाञ्जली अपर्ण गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि वडाध्यक्ष सविन विक्रम थापा, लगायतका वक्ताहरुले सफलताको शुभकामना मनतव्य दिएका थिए ।


