२०७८ पुष २५, आईतवार १५:१०

निर्वाचन आयोगले आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ। आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो।

आज अन्तिम नामावली प्रकाशन गर्ने र आजै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम समेत रहेको निर्वाचन आयोगले जनाएको छ। आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो। ४३ जना उम्मेदवारको मनोनयन दर्ता भएको थियो। राष्ट्रियसभा सदस्य निर्वाचन सत्ता गठबन्धन पाँच दलले सिट भागबन्डा गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ।

प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी दर्ता गरेको छ। त्यस्तै प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पनि उम्मेदवारी दिएको छ। बागमती प्रदेश अन्तर्गत नेपाल मजदुर किसान पार्टीको पनि उम्मेदवारी रहेको छ। राष्ट्रिय सभामा रिक्त १९ सदस्य पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दिएका छन्।

Comment


Related News

Latest News

Trending News