जनकपुरधाम । पसलमा तोडफोड तथा लुटपाटका आरोपी जनकपुरधाम उप– महनगरपालिका–४ का वडाध्यक्ष सुदर्शन सिंहलाई प्रहरी प्रशासनले पक्राउ नगरेको जनकपुरधामकी एक महिलाले आरोप लगाएकी छिन् ।
जनकपुरधाम–४ की गीता देवी साहले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी आफ् नो पसलमा तोडफोड तथा लुटपाट गर्ने वडाध्यक्ष सिंहलाई कारवाही गर्नुको साटो स्थानीय प्रशासनले संरक्षण दिइरहेको आरोप लगाईन् । केही वर्ष अघि सम्म जनकपुरधामको शुक्रबारी बजारमा पसल संचालन गर्दै आएकी साहले आफूहरुको अनुपस्थितिमा वडाअध्यक्ष सिंहले जबरजस्ती पसलमा डोजरले तोडफोड गराइ समान लुटेर लगेको जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको लामो समय भईसक्दापनि प्रहरीले उनलाई पक्राउ नगरी संरक्षण दिइरहेको बताइन् । गुठीको जग्गामा पसल संचालन गरेको र त्यसवापतको पैसा आफूले माासिक रुपमा बुझाउंदै आएपनि वडाध्यक्ष सिंहले जबरजस्ती आफूलाई प्रहरी प्रशासनलाई आर्थिक प्रभावमा पारी आफ्नो पसलमा तोडफोड गराइ लाखौ मूल्य बराबरको समानहरु लुटेर लगेको साहले दाबी गरिन् ।
जनकपुरको कृषि उपज शुक्रबारी बजारको ठेक्का वडाध्यक्ष सिंहले शिवम् कन्ट्रक्सनको नाउँमा लामो समयदेखि लिएका छन् । कृषि उपज बजार भनिएपनि वडाध्यक्ष सिंहले त्यसमा लामो समयदेखि मदिरा सहित होटल संचालन गर्दै आएका थिए । अहिले उक्त होटल उनले बिक्री गरिसकेका छन् । लामो समयदेखि विधि सवम्त् उक्त जग्गामा पसल संचालन गर्दै आएका थिए,उनले भनिन्,‘ तर वडाध्यक्ष सिंहले मेरो परिवारको दैनिक गुजारा गर्ने आहार नै खोसिदिए,मेरो परिवार सडकमा आईसकेको छ, लाखौको ऋण छ, कहाँबाट महाजनहरुलाई तिर्छु ।’ मेरो परिवारमाथि वडाध्यक्ष सिंहले अन्याय गरेका छन्, भक्कानिदैं उनले भनिन्,‘ म न्यायको लागि प्रहरी प्रशासनलाई हारगुहार गर्दै आएको छुँ । जिल्ला अदालतबाट मुद्दा समेत जितिसकेको छु तर प्रहरीले वडा अध्यक्ष भएकै कारण उनलाई पक्राउ गरेको छैन ।’
https://www.youtube.com/watch?v=OlGYOveCUWk&t=11s


