अपडेट 
२०७८ पुष २६, सोमबार ०८:०९

कलैया । जीतपुरसिमरा उप–महानगरपालिकाको जीतपुर बजारमा राजश्व कार्यालयले पसलमा छापामारी गरेको विरोधमा जीतपुरका व्यापारीहरु बजार बन्द गरी आन्दोलित भएका छन् ।

उनीहरुले वीरगञ्ज पथलैया सड्कखण्डको जीतपुरमा आइतबार करिब १ घण्टा ३० मिनेट चक्काजाम गरेका थिए । राजश्व कार्यालय पथलैयाबाट आएको टोलीले व्यापारीहरुलाई बिल बिजक खोज्ने बहानामा अनावश्यक रुपमा दुख दिएको भन्दै आफूहरु आन्दोलित भएको व्यापारीहरुले बताए । यता राजश्व कार्यालय पथलैयाका प्रमुख नारायण मैनालीले राजश्व कार्यालयबाट अनुगमन गर्न गएको टोलीलाई जीतपुर बजारका व्यापारीहरुले अनुगमनमा अवरोध सृजना गरेको आरोप लगाएका छन् । व्यापारीहरुले अनुगमन टोलीलाई छापामारीको क्रममा अवरोध सिर्जना गरी जाइलाग्ने प्रयास समेत गरेको मैनालीले बताए । यता चक्काजामलाई जीतपुर सिमरा नगर उद्योग बाणिज्य संघको पहलमा खुलाईएको थियो । चक्का जामको कारण सवारी साधनहरु ठप्प हँुदा यात्रुहरुले सास्ती खेप्नु परेको थियो ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk&t=13s

Comment


Related News

Latest News

Trending News