२०७८ पुष २६, सोमबार १४:२६

नेपाल निजामती कर्मचारी युनियन धनुषाको अध्यक्षमा धर्मराज पौडेल निर्वाचित भएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति धनुषाको ८ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा पौडेल सर्वसम्मत चयन भएका हुन् । पौडेल यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत छन् ।

उपाध्यक्षमा राकेश यादव, चन्द्रनरायण मण्डल, महिला उपाध्यक्षमा रन्जु यादव, सचिवमा प्रकाश कार्ण, सहसचिवमा रामशरण यादव, कोषाध्यक्षमा श्यमबाबु मण्डल निर्वाचित भएका छन् ।

खुल्ला सदस्यहरुमा सतीश साह, राजेशकुमार मण्डल, रमेश दास निर्वाचित भएका छन् । अधिवेशनबाट ५ जना महाधिवेशन प्रतिनिधिसमेत चयन भएका छन् ।

Comment


Related News

Latest News

Trending News