२०७८ पुष २७, मंगलवार ०७:११

राजविराज । सार्वजनिक शान्ति विरुद्धको कसूरमा प्रहरी नियन्त्रणमा रहेका जनमत पार्टी सप्तरीका ६ जना नेता कार्यकर्ता सोमबार रिहा गरिएका छन् ।

रिहा हुनेहरुमा जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर प्रसाद साह, कंचनरुप नगरपालिकाका अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी नगरपालिका–१का अध्यक्ष सुरेन्द्र मण्डल, नेता योगानन्द साह र महिनारायण साह रहेका छन् । पुस १६ गते शुक्रबार किसान आन्दोलनका क्रममा राजमार्ग अवरुद्ध गर्न खोज्दा जिल्लाको भारदह, कंचनपुर लगायतका स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालयले सोमबार ५/५ सय धरौटी राखेर उनीहरुलाई रिहा गरेको जनमत पार्टी सप्तरीका सचिव थानेश्वर प्रसाद साहले जानकारी दिए । प्रदर्शन कै क्रममा पक्राउ परेका उनीहरुमाथि प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूर मुद्दामा सप्तरी जिल्ला अदालतबाट सात दिने म्याद थप गराइ हिरासतमा राखेको थियो । किसानहरुको समस्या समाधान तथा आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीले दिनहुँ प्रदर्शन गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News