२०७८ पुष २७, मंगलवार ०७:१५
राजविराज । नेकपा एमाले सप्तरीको अध्यक्षमा पुनः ताराकान्त चौधरी चयन भएका छन् ।
नेकपा विभाजित भएपछि उनी नै अध्यक्ष पदको जिम्मेवारी वहन गर्दै आएका थिए । ९ औं जिल्ला अधिवेशनबाट उनी सर्वसम्मतिले अध्यक्षमा चयन भएका हुन् । उनीसँगै १ सय ३१ सदस्यीय जिल्ला र २३ सदस्यीय सल्लाहकार समिति पनि सर्वसम्मतिले चयन गरिएको छ । एमाले प्रदेश कमिटीका सदस्य सुखराम यादवका अनुसार जिल्ला अधिवेशनबाट उपाध्यक्षमा अब्दुल मजिद सकिर, सचिवमा देवनाथ यादव, उपसचिवमा अखिलेश झा र कुसुम आचार्य चयन भएका छन् । शुक्रबारदेखि सुरु भएको नेकपा एमाले सप्तरीको ९ औं जिल्ला अधिवेशनको बन्द सत्र आइतबार राती सम्म चलेको थियो ।


