![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।
हिजो तोलाको ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा पुगेको छ ।
यस्तै आज चाँदीको भाउ दश रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी तोलाकाे १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।