जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले वडा २२ मा रहेको विसपिट्टी माध्यमिक विद्यालयको दुई कोठे ट्रष्ट र छात्रा मैत्री शौचालयको समुदघाटन गरेका छन् ।
समुदघाटन समारोहलाई सम्वोधन गर्दै मेयर साहले शैक्षिक क्षेत्रमा व्यापक सुधार आएको र अगामी दिनमा थप प्रभावकारी रुपमा सुधारको आवश्यक्ता रहेको बताएका थिए । उनले सामुदायिक विद्यालयहरुको भौतिक संरचना स्वानीय सरकारले निर्माण गर्नेहो तर, बालबालिकाको भविष्यको निर्माण शिक्षक, शिक्षिकाले गर्ने भएकाले इमान्दारीका साथ अध्ययापन गराउनकालागि आग्रह गरेका थिए । विद्यालयमा बालबालिकालाई विद्यालय पठाउने अभिभावकको जिम्मेवारी हुन्छ र विद्यालयमा ती बालबालिकाको भविष्य निर्धारण गर्ने जिम्मेवारी शिक्षक, शिक्षिकाको भएका कारण आफ् ना बालबालिका सरह माया स्नेह गरि उनीहरुको भविष्य उज्जवल बनाउने काममा अग्रसरता देखाउन उनले आग्रह गरेका थिए । जनकपुरधाम उप– महानगरपालिकाको १८ लाखको लागतमा दुई कोठे ट्रष्ट र ७ लाखको लागतमा छात्रा मैत्री शौचालयको निर्माण भएको छ ।


