२०७८ पुष २८, बुधबार ०६:३०

नवलपुर । हिउँदे बाली गहुँको सिंचाइका लागि नहरमा पानीको माग गर्दै सर्लाहीका किसानहरु आन्दोलनमा उत्रेका छन् ।

सिंचाइको अभावमा गहुँबाली नष्ट हुने सम्भावना बढेको भन्दै किसानहरुले पानीको माग गर्दै मंगलबार नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत सलेमपुर चोकमा चक्का जाम गरेका थिए । चक्का जामको क्रममा टायर बालेर सरकार विरुद्ध नाराबाजी समेत आन्दोलित किसानहरुले गरेका छन् । गहुँबालीमा बीउ जन्मेको २१ दिन पछि अनिवार्य रुपमा पानी पटाउनु पर्ने र सो पछि आवश्यकता अनुसार एक पटक पुनः पानी चाहिने भएको र सिंचाइ बिना गहुँ बाली पूर्णतः नष्ट हुने सम्भावना देखिएपछि किसानहरु आन्दोलनमा उत्रिन बाध्य भएको मोदन बाबा जल उपभोक्ता समितिका अध्यक्ष राधेश्याम रायले बताए । पानी पटाउनका लागि नहरमा पानी छोड्न बागमती सिंचाइ आयोजनालाई पटक– पटक आग्रह गर्दा पनि कुनै सुनवाइ नभएपछि आफूहरु बाध्य भइ आन्दोलनमा उत्रिनु परेको किासनहरुले गुनासो पोखेका छन् । मोदन बाबा र राधाकृष्ण जल उपभोक्ता समितिले संयुक्तरूपमा गरेको विरोध प्रदर्शनमा सो क्षेत्रका सय भन्दा बढी पीडित किसानहरुको सहभागिता रहेको थियो । यस पछि पनि माग पूरा नभए चरणबद्ध आन्दोलनको घोषणा गरी कडा संघर्ष गर्ने किसानहरुले चेतावनी दिएका छन् ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News

Latest News

Trending News