अपडेट 
२०७८ पुष २९, बिहीबार ०५:३७

यादव मावि बेल्हीको स्थापना दिवस मनाइएको छ ।

२००८ सालमा स्थापना भएको सो विद्यालयको २०७८ सालमा पहिलो चोटी ७० औं बार्षिकोत्सव मनाइएको छ । यादव मावि बेल्हीको प्राङ्गणमा बुधवार साइट नेपालको आयोजनामा बार्षिकोत्सव मनाइएको छ । पूर्व राजदूत डा. प्र. महेन्द्र सिंहको प्रमुख आतिथ्य तथा साइट नेपालको अध्यक्ष अमितकुमार साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वक्ताहरुले २००७ सालको परिवर्तन पछि बेल्ही गाउँका अग्रजहरु वैजन याद, शुभ नारायण यादव, हितो महतो, महावीर यादव, र रामेश्वर यादव पाँचै जनाको विचार र व्यीक्तत्वको अग्रसरताले तत्कालिन यादव समाज सुधार समिति महोत्तरी जिल्लाका सभा अध्यक्ष रामशरण यादवको अध्यक्षतामा वृहत समाजिक भेलाका निर्णय अनुसार विद्यालय स्थापना गर्ने निर्णय भएको चर्चा गरिएको थियो । उनीहरुले सो वैठकवाटनै विद्यालयको नामाकरण यादव मिडल ई. स्कूल बेल्ही राख्ने तए भएको र उनीहरुकौ सहयोगवाट २००८ साल पुस २८ गते विद्यालयको स्थापना भएको जानकारी दिएका थिए । सो अवसरमा विद्यालयकोलागि बैजन यादव, शुभनारायण यादव, हितो यादव, महावीर यादव र रामेश्वर यादव समेतले आफ्नो २५ विघा जग्गा र सो समयमा भारतीय ५ हजार रुपैयाँ दान गरेका थिए ।

सो अवसरमा राष्ट्रिय भलिवल प्रशिक्षक भरत यादव, दाता परिवारका प्रदिप यादव, तेजनारायण यादव र वीरेन्द्र यादव, दिनेश यादव, श्रीप्रसाद यादव, अजयकुमार साह, सुरेन्द्र साह, सूर्यदेव दास र सुशिल मण्डल लगायतका वक्ताहरुले शिक्षा प्रति आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News