अपडेट 
२०७८ पुष २९, बिहीबार ०७:२७

जनकपुर । जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गरेर मंगलबार रातिबाट लागू हुने गरी नयाँ आदेश जारी गरेको छ ।

केन्द्रीय सर्कुलर अनुसार कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कार्यालयले यसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप प्रभावकारी बनाउन आदेश जारी गरेको हो । १८ वटा बुँदामा जारी गरिएको आदेश मंगलबार राती १२ बजेदेखि लागू भइसकेको जनाइएको छ । आदेश अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ । राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न भनिएको छ । सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न पनि आदेश जारी गरिएको छ । अत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर मात्रै गर्ने जनाइएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले गरेको सिफारिस अनुसार सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुनेगरी मेला कार्यक्रम नगर्न समेत भनिएको छ ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News

Latest News

Trending News