अपडेट 
२०७८ पुष २९, बिहीबार १०:५४

महेन्द्र महतो गाउँपालिकामा रहेको निरक्षरता , पछौटेपन , स्वास्थ्य ,गरिबी , कृषि उत्पादनको बजारिकरणको समस्या क्रमशः निराकरण उन्मुखतर्फ भएकोमा उत्साहित छन् । सिकाइका गुणलाई सार्थकता प्रदान गर्नमा इजीआरपी कार्यक्रम प्रभावकारिताले उनलाई उत्साहित बनाएको हो ।

यु् एसआइडी र नेपाल सरकारको सहयोगमा सर्लाही जिल्लाको चार वटा पालिकामा सो कार्यक्रम सञ्चालनमा रहेको छ । शिक्षा ,स्वास्थ्य , कृषि क्षेत्रमा जीविकोपार्जन , स्वावलम्बन र सचेतनालाई मुख्य आधार बनाई सञ्चालित इजीआरपी कार्यक्रमबाट सहयोगात्मक वातावरण निर्माणमा गुणकारी सिद्ध भएको छ । कोभिड सङ्क्रमणको तीव्रताले सिर्जना गरेको संकटपूर्ण अवस्थामा पठन पाठनमा पारेको जटिलतासँग जुध्न चन्द्र गाउँपालिका लगायत अन्य तीन वटा पालिकामा यो कार्यक्रम ज्ञानवद्र्धक र आत्मविश्वास वृद्धिमा सहायक बनेको बताउँदै गाउँपालिकाका अध्यक्ष महतोले भने ,“ जसरी पनि बढी भन्दा बढी साक्षर होस् , त्यसका लागि जागरुकता कार्यक्रम पनि सञ्चालन गरिरहेका छौं ।” कोभिडका बेला स्वास्थ्य मापदण्ड अंगाल्दै प्रद्यानाध्यापकको घर मै बालबालिकाको पठन पाठन कोभिडका कारण विद्यालयमा अनियमित भएको अध्ययन–अध्यापनलाई नियमित, एक , दुई र तीन कक्षाका बालबालिकाको पढाईलाई निरन्तरता , शिक्षकको अवस्थामा सुधारका बाटो पहिल्याइ , विपन्न , पछोटेपनका शिकार भएका परिवारका बच्चालाई शिक्षित बनाउन जागरण कार्यक्रम सञ्चालनमा सहयोग र अभिप्रेरणाले गाउँपालिकाको विकासलाई गतिशील बनाउने संरचना पनि निर्माण गरेको छ । “चन्द गाउँपालिकामा दलित बस्ती बढी छ , उनीहरूलाई जागरूक बनाउन अलिकति समस्या भइरहेको छ ,दलित बस्तीमा अरू कार्यक्रम आफ्नो ढंगले हुन्छ , भठ्ठाको बेलामा दलित बस्तीका अभिभावकहरू छोरी छोरीलाई लिइ भठ्ठी गइहाल्छन् ” समस्या पोख्दै अध्यक्ष महतोले भने,“ यस्तो जटिलता बीच पनि वार्ड नं. ६ कको दलित बस्तीलाई लक्षित गरी दलित विद्यालय नै राखेका छौं ।” चन्द्र गाउँपालिकाको २२ वटा विद्यालयमा इजीआरपी कार्यक्रम लागु छ ।

यो कार्यक्रम अन्तर्गत कोभिडका कारण पछाडि परेको शिक्षा क्षेत्रलाई सुधार गर्न होम स्कूलिंग , राष्ट्रिय प्रारम्भिक पढाईको कक्षाबाट बाहिर भएका बच्चाको तथ्यांक संकलन , विद्यालय भित्र र बाहिर कति बच्चा छन् ?संकलन गरिएका तथ्यांक बमोजिम होम स्कूलिंग सञ्चालन , ६६ वटा कलस्टर विभाजन , कलस्टर शिक्षकको स्थापना गरी कोभिडमा पछाडि परेका पढाइलाई पूरा गर्न क्रमिक रूपमा लागेकोमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिलालकान्त कर्ण सुधारका संकेत मानेका छन् । उनले भने,“ विद्यालयमा पठन पाठन गराउन र पछोटेपनलाई हटाउनका लाई इजीआरपी र गाउँपालिकाको सहयोगले प्रत्येक विद्यालयमा कलस्टर बमोजिम किताब , स्टेशनरी , सीसाकलम वितरण , तालिम सञ्चालन , अंग्रेजी , गणित र विज्ञान विषयको विज्ञ छनौट , विद्यलयको अनुगमन , त्रुटि सुधार , प्रत्येक विद्यालयमा अभ्यास पुस्तिका किन्नका लागि ९ हजार रूपैया उपलब्ध , इन्टरनेट जडान गरी विद्यार्थीहरूलाई सिकाईलाई अगाडि बढाएका छौं ।” यसका अतिरिक्त युएसएड नेपालकै इजीआरपीको सहयोगले गाउँ शिक्षा योजना पनि गाउँपालिकामा तर्जुमा गरिएको छ । यो अन्तर्गत पढाईलाई निरन्तरता , विद्यालय बाहिर र भित्रको बच्चालाई पनि योजनमा राखिएको छ । महिला शिक्षालाई प्रमुखता दिंदै गाउँपालिकामा बालविवाह नहोस , अशिक्षित नरहोस उद्देश्य राखी शिक्षित बेटी , बालिग पुतोहु कार्यक्रम पनि सञ्चालनमा छ । बालविवाह नहोस् त्यसका लागि आर्थिक योजना पनि समावेश गरिएको छ । योजनाले बालविवाहलाई निरूत्सािहत गर्न जन्मदा खेरि छोरी जन्मेपछि त्यसले कम्तीमा वरिपरि पाँच वटा रूख लगाउनु पर्ने , आफ्नो जग्गा छैन भने सार्वजनिक जग्गामा लगाउनु पर्ने , ३५ दिन भित्रै जन्मदर्ता गराउनु पर्ने , जन्मदर्ता गराइसकेपछि नेपाल बंगलादेश बैंकमा पाँच सय रूपैयाको खाता खोल्ने र गाउँपालिकाले सो खातामा साढे चौबीस हजार रूपैया जम्मा गरि दिने गरेको छ ।

गाउँपालिका र बैंकको सम्झौता अनुसार बैंकले पनि त्यसमा दुई हजार रूपैंया थप गरी २७ हजार रूपैंया पु¥याउने र त्यो रकम शिक्षित बेटी बालिग भएपछि , पुतहु भइसकेपछि अर्थात् २० वर्षपछि मात्रै उसले रकम निकाल्न सक्ने कार्यमा इजीआरपीको सहयोगले कार्यक्रमलाई सार्थकता प्रदान गरिरहेको छ । यी प्रभावकारी तथ्यहरूलाई गहनतापूर्वक अध्ययन गरी आगामी दिन युएसआइडिले इजीआरपी कार्यक्रमको निरन्तरता , विस्तार , विर्सि सकेको कुरालाई जीवन्तता , सञ्चालन , प्राथमिकता दिइ शैक्षिक वातावरण निर्माणमा सघाउन विश्वास गाउँपालिकाका अयक्ष महतोको छ । विद्यालयमा बन्द भएको सिकाइलाई निरन्तरता दिनु मूल उद्देश्य भए पनि परियोजनाले स्वास्थ्यको क्षेत्रमा आपूmले आफैलाई कसरी सुरक्षित बनाउने कार्य , कोभिडको परीक्षण र नेपालमा खोपको उपलब्ध( १५ लाख जति जन्सन एण्ड जन्सन , एक लाख फाइजर) गराउने गहन भूमिका खेलेको युएसएड मिशन डाइरेक्टर सेपीडेकेवानसाद बताउँछन् । फाइजर खोप बच्चाहरूलाई लगाउन भएकाले यो खोप धेरै लाभदायक देखिएको डाइरेक्टर सेपीडेकेवादनसादको ठहर छ । यसकासाथै समुदायसंग मिलेर घर निर्माण सन्दर्भमा समेत परियोजनाद्वारा कार्य गरिएको देखिएको छ ।

दाइजोले गरिबीलाई प्रश्रय दिएको तथ्यलाई मनन गर्दे यसलाई निराकरण गर्ने अभियानमूलक कार्यक्रममा परियोजनाले काम गर्न सक्ने सम्भावना परियोजनाका पदाधिकारीले विभिन्न सवादमार्फत अध्ययन गरेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News