अपडेट 
२०७८ पुष २९, बिहीबार १५:०१

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले (काेभिड–१९) कोरोना महामारी नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन गरेको बताउनुभएको छ ।

पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमण बढेको भन्दै प्रवक्ता कार्कीले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको समेत बताउनुभएको छ । यस्तै उहाँले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाएको पनि सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ । उहाँले कोरोना रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

नेपालमा अहिलेसम्म कुल जनसङ्ख्याको ५० प्रतिशतभन्दा धेरै र १८ वर्षमाथिको जनसङ्ख्याको झन्डै ७७ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् । सरकारले गएकाे पुसभित्र १८ वर्षमाथिका दुई तिहाइ नागरिकलाई पूर्ण मात्रा खोप दिने लक्ष्य लिएको भए पनि त्यो पूरा भएको छैन ।

नेपालमा खोपको उपलब्धता पर्याप्त रहेको भए पनि खोप अभियानले तीव्रता पाउन नसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । कतिपय नागरिकहरू खोपको नकारात्मक प्रभावको डर तथा लगाए पनि सङ्क्रमण भइहाल्छ वा हामीलाई सङ्क्रमण हुन्न जस्ता बुझाइका कारण खोप अभियानमा सहभागी नभएका विज्ञहरू बताउँछन् । खोपप्रति सकारात्मक धारणा बनाउनका लागि सरकारले पहल गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

Comment


Related News

Latest News

Trending News