२०७८ पुष ३०, शुक्रबार ०७:२३

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडमा नियम प्रक्रिया मिचेर कर्मचारी नियुक्ति गरिएको भन्दै रेल्वेका पुराना कर्मचारीहरुले जारी रहेको तालिम रोक्न माग गरेका छन् ।

बिना कुनै सूचना कम्पनीका महाप्रबन्धक निरंजन झाले रकमको चलखेल समेत गरी नियुक्त गरिएका ५५ जना कर्मचारीहरुको मंगलबारदेखि तालिम सुरु भएको छ । नयाँ कर्मचारीलाई दिईरहेको तालिम तत्काल रोक्नु पर्ने माग सहित रेल्वे कर्मचारी संघर्ष समितिले धनुषाका प्रमुख जिल्ला अधिकारी समक्ष विहीबार ज्ञापनपत्र बुझाएका छन् । जारी रहेको तालिम स्थगित गरी मनोमानी तरिकाले राखिएका कर्मचारीहरुलाई सात दिन भित्र नहटाइए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत आन्दोलित कर्मचारीहरुले दिएका छन् । ज्ञापन पत्र बुझ्दै धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पूर्व कर्मचारीलाई अदालत र श्रम कार्यालयमा न्यायका लागि गुहार गर्न आग्रह गरे । यस अघि रेल्वेका पुराना कर्मचारीहरुले तालिम स्थल मत्स्य विकास संसाधन तथा प्रविधि परीक्षण केन्द्रको सभाकक्ष अगाडि धर्ना प्रदर्शन गरेका थिए । धर्ना प्रदर्शनमा कर्मचार ीहरुले कम्पनी तथा महाप्रबन्धक झा विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । महाप्रबन्धक झाले आफूहरुलाई बिनाकुनै जानकारी समेत नदिइ अचानक हटाइएको र नियम प्रक्रिया विपरीत मनोमानी तरिकाले नयाँ कर्मचार ीहरु भर्ना गरिएको प्रति आपत्ति जनाउंदै समितिले आन्दोलनलाई कडा बनाउने भएको छ । पुर ाना कर्मचारीहरुलाई बिना कुनै जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुर ानाहरू आन्दोलित भएका छन् ।

नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाइ जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई अचानक सूचना निकालेर महाप्रबन्धक झाले हटाएपछि उनीहरूले आफूहरूलाई पुनः समायोजन गर्न माग गरेका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार दैनिक ज्यालादारीमा कामकाजमा नियुक्त गरिएका कर्मचारीलाई कुनै समन्वय नै नगरी हटाउनु अन्यायपूर्ण निर्णय रहेको र यो कदापि स्वीकार्य नहुने आन्दोलित कर्मचारीहरुले बताए । रेल्वे सञ्चालनका लागि तत्कालीन महाप्रबन्धक गुरुप्रसाद भट्टराईले ज्यालादारीमा १ सय ५१ जना कर्मचारीलाई नियूक्त गरेको थियो । ती कर्मचारीहरुलाई झा नियुक्त भए लगत्तै हटाएका थिए । जागिर छुटेपछि सो मध्ये थुप्रै कर्मचारीहरु वैदेशिक रोजगार ीमा गइसकेका छन् भने ७० जना पुराना कर्मचारीहरु आन्दोलनमा होमिएका छन् । नेपाल रेल्वेले गेट म्यान, ग्यांग म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि ५५ जनालाई तालिम दिईरहेको छ । तालिम लिनेहरु मध्ये ३० जना नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सिफारिश तथा २५ जना भौत्तिक योजना तथा यातायात मन्त्री रेणु यादवको सिफारिसमा नियुक्त गरि एको स्रोतले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News