राजविराज । नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिटब्युरो सदस्य एवम् राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेलले प्रदेश २ मा उपेन्द्र यादव र महन्थ ठाकुरहरुको दोकान अब उपरान्त नचल्ने दाबी गरेका छन् ।
सप्तरीको कंचनरुप नगर पालिका–१२ को पर्यटकीय क्षेत्र धारापानीमा विहीबार आयोजित प्रेस चौतारी नेपाल सप्तरीको सातौं अधिबेशनको उद्घाटन समारोहमा उनले सो दाबी गरेका हुन् । प्याकुरेलले मधेशको लोपप्रीय नेता एमाले अध्यक्ष केपी ओली भएकोले उपेन्द्र र महन्थहरुलाई मधेशी जनताले विश्वास गर्न छाडिसकेको जिकिर गरे । मधेशका जनता एमाले र केपी ओलीलाई नेतृत्व दिन आतूर छन् नेता प्याकुरेलले भने, ‘सम्प्रदायिकता भड्काएर नेता बन्ने जमाना गयो, मधेशी जनता सचेत भईसके अब उपेन्द्र र महन्थहरुको दोकान चल्नेवाला छैन ।’ उनले जनादेश एमालेको पक्षमा भएपनि नेपाली पत्रकारि ता जनादेश विपरीत रहेको टिप्पणी गरे । नेपालका पत्रकारि ता जगतले जनादेशको कदर गर्न नसकेकोले देश अराजकता तथा असफलतातर्फ धकेलिएको भन्दै उनले सत्य–तथ्य र जनभावना बमोजिम पत्रकारहरु समेत रुपान्तरण हुनुपर्नेमा जोड दिए । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सप्तरी जिल्ला ईन्चार्ज दिवाकर देवकोटाले सामाजिक विकास र आर्थिक उन्नतिलाई टेवा पुग्नेतर्फ पत्रकार हरुलाई कलम चलाउन आग्रह गरे । एमाले केन्द्रीय सदस्य एवम् सप्तरी जिल्ला सह–ईन्चार्ज र ाज कुमार लेखीले अधिबेशनले पत्रकारहरुको हक अधिकार सुनिश्चित गर्ने नीति र नेतृत्व चयन गरिने विश्वास व्यक्त गरे ।
प्रेस चौतारी नेपाल शाखा सप्तरीका अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् सल्लाहकार मनोहर पोखरेल, प्रदेश २ का अध्यक्ष फनी महत, कंचनरुप नगरपालिकाका प्रमुख वसन्त कुमार मिश्रा, सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार गौतम, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, नेकपा एमालेका सप्तरी अध्यक्ष ताराकान्त चौधरी, प्रेस मंच नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङ, प्रेस युनियनका कार्यवाहक अध्यक्ष विनयलाल कर्ण, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष भगवती प्रसाद चौधरीले समेत आ–आप्नो धारणा राखेका थिए ।
https://www.youtube.com/watch?v=OlGYOveCUWk


