अपडेट 
२०७८ पुष ३०, शुक्रबार ०७:४९

सर्लाहीमा बुधबार सशस्त्र प्रहरी प्रमुख एस.पी भरत खनियाँ र राष्ट्रिय अनुसन्धान विभाग सर्लाहीका प्रमुख चन्दन झा, प्रशासकीय अधिकृत रामनरेश राम र राजकुमार थापा सहित जिल्ला प्रशासन कार्यालयका ११ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल मलंगवाले दिएको जानकारी अनुसार मंगलबार कोरोना परीक्षण गराएका कर्मचारीहरुको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमित भएकाहरु होम आइशोलेसनमा उपचारार्थ छन् भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसअघि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी प्रमुख एस.पी कृष्ण प्रसाई, मलंगवा नगरपालिकाका मेयर निरसल साह कोरोना संक्रमण पुष्टि भइसकेको छ । प्रशासन कार्यालयमा नागरिकता र राष्ट्रिय परिचय पत्रका लागि अहिले सेवाग्राहीहरुको अत्यधिक भीड लाग्ने गरेकोले एकैसाथ यति धेरै संख्यामा सो कार्यालयका कर्मचारीहरुलाई समेत कोरोना भएकोले कार्यालयको काम कारवाही संचालनमा समस्या उत्पन्न भएको छ । यसैबीच जिल्लाको गोडैता नगरपालिकाका दुइ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित दुबै जना भारतबाट भर्खरै नेपाल आएका थिए । बुधवार गोडैता नगरपालिकाको वडा नम्बर १ र वडा नं.–१२ मा पर्ने नेपाल–भारत सीमानाका स्थित बहादुरपुरमा संचालित हेल्थ डेक्समा कोरोना जांच गर्दा भारतको दिल्लीबाट आएका गोडैता नपा–७ को एकजना र मुजफ्फरपुरबाट आएका गोडैता नपा–२ पिपरनाथको एकजनामा आर.डि.टि. एन्टिजेन पोजेटिभ देखिएको स्वास्थ्य शाखा संयोजक प्रमोद पंडितले जानकारी दिएका छन् । उनीहरुको साथै कन्ट्रयाक्ट ट्रेसिंगमा परेका तीनलाई लाई समेत क्वारेन्टाइनमा राखेर उपचार भइरहेको जनाइएको छ ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News

Latest News

Trending News