अपडेट 
२०७८ पुष ३०, शुक्रबार १२:०४

भारतमा एकै दिन साढे दुई लाख जनाभन्दा धेरैमा काेभिड–१९ (काेराेना भाइरस) काे सङ्क्रमण पुष्टि भएकाे छ ।

भारतकाे स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई सय दुई जनामा सङ्क्रमण पुष्टि भएकाे जनाएकाे छ । यही अवधिमा तीन सय १५ जनाकाे काेराेना सङ्क्रमणबाट ज्यान गएकाे छ ।

यस्तै पछिल्लाे २४ घण्टामा काेराेना सङ्क्रमण पुष्टि भएकामध्ये पाँच हजार सात सय ५३ जनामा नयाँ भेरियन्ट ओमिक्राेन देखिएकाे बीबीसीले जनाएकाे छ ।

यही अवधिमा एक लाख नाै हजार तीन सय ४५ जना काेराेना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिले भारतमा १२ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका त्यहाँकाे मन्त्रालयले जनाएकाे छ ।

अहिले भारतमा काेराेना सङ्क्रमण दर १४ प्रतिशतभन्दा धेरै छ । यहीबीचमा एकै दिन ७३ लाख जनाभन्दा धेरैलाई काेराेनाविरुद्धकाे खाेप लगाइएकाे छ । अहिलेसम्म एक सय ५५ कराेड जनसङ्ख्यालाई खाेप लगाइएकाे त्यहाँकाे मन्त्रालयले जनाएकाे छ ।

Comment


Related News

Latest News

Trending News