अपडेट 
२०७८ पुष ३०, शुक्रबार १६:२२

मेगा बैंक जनकपुरधामले यहाँ स्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ ।

शुक्रबार एक समारोहबीच काउण्टरको उद्घाटन गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.प्रमोद यादवले गरेका छन् । कार्यक्रममा बोल्दै उनले अब अस्पतालको बीलिंग गर्ने कार्य बैंक मार्फत हुने भएकोले विगतमा हुँदै आएको आर्थिक चुहावटको अन्त्य हुने बताए । उनले काउण्टर स्थानपनाले आर्थिक पारदर्शिताको साथै अस्पतालका कर्मचारीहरुमाथि लाग्दै आएको हिनामिनाको आरोप समेत नलाग्ने ठाउँ नरहेको उल्लेख गरे । कार्यक्रममा जनकपुरधाममा अस्पतालमा स्थापना भएसंगै एक्सटेन्सन काउण्टरको संख्या तीन पुगेको बताउंदै मेघा बैंकका जनकपुरका म्यानेजर गलेक यादवले बिहान ८ बजेदेखि अनि १२ पछि चेक पेमेन्ट ,भुक्तानी लगायतका सम्पूर्ण कामहरु काउण्टरबाट हुने जानकारी दिए । उनले दिएको जानकारी अनुसार यस्तो काउण्टर धनुषा जिल्लाभरिमा पाँच वटा रहेको छ ।

Comment


Related News

Latest News

Trending News