नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशन अन्र्तगत संस्थापन पक्ष (देउवा पक्ष)बाट धनुषा जिल्ला सभापतिका लागि सन्तोष यादवको उम्मेदवारी घोषणा गरिएको छ ।
देउवा पक्षद्वारा जनकपुरधाममा शनिबार आयोजित उम्मेदवारी घोषणा सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले धनुषा जिल्ला सभापतिमा सन्तोष यादव नै उम्मेदवार रहेको घोषणा गरे । कार्यक्रममा नवनिर्वाचित सह–महामन्त्री महेन्द्र यादवले अन्य कुनै पनि जिल्ला भन्दा धनुषा जिल्लाको सभापतिमा धेरै नै भिन्नता हुने भएकोले धनुषाको नेतृत्वको लागि बलियो मात्र नभइ पार्टीलाई उच्च सम्मान दिलाउन सक्ने उम्मेदवारको आवश्यकता रहेको बताए । उनले पञ्चायतीकालमा जिउ ज्यानको बाजी थापेर संगठनको लागि काम गरेको सन्तोष यादव नै धनुषा जिल्लाको लागि उपयुक्त उम्मेदवार रहेको दाबी गर्दै देउवा समर्पित व्यक्तिले नै संगठन तथा जिल्लाको सहज रुपमा काम गर्न सक्ने उल्लेख गरे । कार्यक्रममा सभापतिको उम्मेदवारीको लागि यादवको समर्थन गर्दै केन्द्रीय सदस्य आनन्द ढुंगानाले आसन्न तीनै तहको चुनावलाई मध्य नजर गर्दै यादवको उम्मेदवारी घोषणा गरिएको बताए । नेपाली कांग्रेसकै नेतृत्वमा रहेको वर्तमान सरकार गठबन्धनको सरकार रहेकोले यो सरकारसंग धेरै आशा गर्न नहुने उनले प्रष्ट पारे । यो सरकारसंग निर्वाचन गराउन सम्मको मात्रै अपेक्षा राख्न सकिने र तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताएर मुलुकमा समृद्धि ल्याउने खालको नेतृत्व चयन हुनु पर्ने आजको आवश्यकता रहेकोमा उनले जोड दिए । कार्यक्रममा नेकाँ प्रदेश २ का सभापति कृष्णा यादवले सर्वसम्मतिले ने जिल्ला कार्यसमितिको चयन हुनु पर्ने आप् mनो चाहना रहेको बताउंदै निर्वाचन नै गर्नु परे सन्तोष यादवको पक्षमा मतदान गर्न आग्रह गरे ।
पार्टीको आन्तरिक प्रतिस्पर्धा रहेकोले यसलाई कसैले पनि जित हारको भन्दा पनि सामूहिक रुपमा जिम्मेवारी पाएको अनुभूति गरेर अगाडि बढ्नु पर्ने आजको आवश्यकता रहेको उनले स्पष्ट गरे । महाधिवेशन प्रतिनिधि धीरेन्द्र मोहन झाले सञ्चालन गरेको कार्यक्रममा सभापतिको आसनबाट बोल्दै सन्तोष यादवले एक पटक जिल्ला सभापतिमा आफूलाई मौका दिन अनुरोध गरे । देउवा पक्षबाट आफूलाई आधिकारिक सर्वसम्मतिको रुपमा सभापतिको उम्मेदवार बनाइएको प्रति आभार व्यक्त गर्दै कांग्रेसमा देखिएको कमीकमजोरीलाई हटाउंदै भविष्यमा संगठन सुदृढिकरण र आउन लागेको तीनै तहको चुनावमा पार्टीलाई जिताउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । यस अघि क्षीरेश्वरनाथ नगरपालिकाका मेयर समेत रहेका योगेन्द्र पजियारले औपचारिक कार्यक्रमकै आयोजना गरी नेपाली कांग्रेस धनुषा जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
https://www.youtube.com/watch?v=m–DsUZgLFg

