२०७८ माघ २, आईतवार ०५:४७

गौर । रौतहटको माधवनारायण नगरपालिकाका–८ पिपरा रजवडामा सामुदायिक भवन निर्माण हुने भएको छ ।

नगर प्रमुख वीरेन्द्र प्रसाद यादवले शनिबार आयोजित एक कार्यक्रम बीच लाखौंको लागतमा निर्माण हुने उक्त भवनको शिलान्यास गरेका हुन् । उनले श्री राम जानकी मठले उपलब्ध गराएको जग्गामा नगरपालिकाको लागतमा ३ कोठे १ तल्ले सामुदायिक भवनको शिलान्यास गरे । मेयर यादवले स्थानीयलाई विवाह, ब्रतबन्ध लगायतका उत्सवमा सुविधायुक्त भवनको आभाव भइरहेको अवस्थालाई महसूस गरी नगरपालिकाको लाखौंको लागतमा सो भवन निर्माण गराउन लागेका हुन् । शिलान्यास कार्यक्रममा उनले वडामा वसोवास गरिरहेकोहरुलाई बढदो आधुनिकरण, गरिबी, व्यक्तीगत जग्गाको कमी जस्ता समस्याहरुलाई दृष्टिगत गर्दै विहे, सभा, सेमिनार तथा गोष्ठीको आयोजन गर्न ुनै प्रकारको समस्या नहोस भन्ने उदेश्यका साथ सो समुदायिक भवनको निर्माण हुन लागेको बताए । आफ्नो कार्यकाल समयमा विकास निर्माणका गतिविधिलाई तीव्रता दिएका नगर प्रमुख यादवले समुदायिक भवनको निर्माणले सामाजिक सदभाव कायम, सार्वजनिक काजपरोजन गर्न मदत पुग्ने बताए । नगर प्रमुख यादव र वडा अध्यक्ष जितेन्द्र कुशवाहाले संयुक्त रुपमा उक्त भवनको शिलान्यास गरेका हुन । शिलान्यास भएको सो सामुदायिक भवन ३ महिना भित्र निर्माण भई सक्ने वडा अध्यक्ष कुशवाहाले बताए ।

Comment


Related News