२०७८ माघ २, आईतवार ०५:४९

कलैया । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरले तराई मधेशमा जन्मेका मधेशी पार्टीहरुले सता र शतिmका लागि मात्र राजनीति गरिरहेको टिप्पणी गरेका छन् ।

नेकांको सिमरौनगढ नगरपालिकाको नगर सम्पर्क कार्यालयको शनिबार उद्घाटन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले मधेसी नेता बहुरुपिया भएको र मधेशी जनतालाई धोका दिने काम मात्र गरिरहेको आरोप समेत लगाए । अहिलेपनि मधेशवादी पार्टीहरु संविधान संशोधनको पक्षमा नरहेको बताउँदै संविधान संशोधन गर्ने प्रस्ताव नेपाली कांग्रेसको रहेको दाबी गरे । जति बेला सरकारमा ईतिहास कै बढी मधेशी अनुहार मधेशबादी दलबाट सहभागी भएको बेला मन्त्री परिषदबाट आफूले पारित गर्ने कामहरु पारित नगरी जव सत्ताबाट बाहिर आए त्यसपछि बखेडा झिक्न थाले भन्दै उनले मधेशवादी दलका नेताहरुले संविधान संशोधनलाई समेत भजाएर चुनाव जित्ने हतियार बनाएको आरोप लगाए । कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने तर्क गर्दै उनले अब हुने तीनै तहको निर्वाचनमा काँग्रेस जित्ने दाबी गरे । फरक प्रसंगमा नेता मंसुरले सिम्रौनगढ नगरपालिकामा मेयर विजय यादवले नगरमा नै काया पलट हुनेगरी काम गरेको हँुदा मधेशवादी नेताहरु भयभीत भएको जिकिर समेत गरे ।

Comment


Related News