२०७८ माघ २, आईतवार ०६:०५

वीरगञ्ज । क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साले सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकालाई एक समारोहको आयोजना गरी विदाई गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वाटर पर्सा वीरगंजबाट ए.पी.एफ कमाण्ड तथा स्टाफ कलेज काठमाण्डुमा सरुवा भएका एसपी खड्कालाई फूलमाला सहित प्रशंसापत्र प्रदान गरी विदाई गरिएको हो । वीरगञ्जको होटल मकालुमा आयोजित कार्यक्रमका प्रमुख अतिथी समेत रहेका एसपी खड्काले सम्मान गरेको संस्थाप्रति धन्यवाद प्रकट गरेका थिए । उनले पर्सा जिल्लाको बसाईको क्रममा यहाँको आम जनता, व्यापारी, विभिन्न संघ, संस्था , समाजसेवी, सञ्चारकर्मी लगायतहरुबाट निकै सहयोग पाएको बताए ।

Comment


Related News

Latest News

Trending News