२०७८ माघ २, आईतवार १५:४३
प्रतिनिधि सभाको माघ ३ गते सोमबार अपरान्ह १ बजे तय भएको बैठकको मिति पुनः सरेको छ ।
संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले आइतबार एक विज्ञप्तीमार्फत कोभिड–१९ को बढ्दो संक्रमणका कारण उक्त समयमा बैठक बस्न नसकिएकाले स्थगित गर्नुपरेकाे बताउनुभएकाे छ ।
सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रतिनिधि सभाको अर्को बैठक माघ १६ गते आइतबार दिउँसो १ बजे सारिएको जनाइएको विज्ञप्तिमा जनाइएकाे छ ।
यसअघि पुस २८ गते प्रतिनिधि सभाको बैठकको मिति तय भएकोमा माघ ३ गतेका लागि सारिएको थियो ।



