अपडेट 
२०७८ माघ २, आईतवार १६:१७

सरकारले कोभिड संक्रमणको जोखिम बढिरहेको भन्दै माघ १५ गतेसम्मलाई मनोरन्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेको बताए ।

यीलगायत भीडभाड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल जारी गरेको छ । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या बढेको छ । सोही कारण शैक्षिक संस्थाहरु समेत बन्द गरिएको छ ।

Comment


Related News

Latest News

Trending News