जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले योग र ध्यान अपरिहार्य रहेको बताएका छन् ।
उनले आज भन्दा २० बर्ष पहिलेको वातावरण र आजको वातावरणमा व्यापक परिवर्तन आएका कारण योग र ध्यान सबैकालागि अपरिहार्य रहेको बताए । जय हनुमान पतञ्जली योग साधना केन्द्र भवनको उद्घाटन गर्दै मेयर साहले सो कुरा बताएका हुन् । उनले जनकपुरधाममा योग र ध्यान साधना गर्ने निकै बढेको तर, अहिले पनि त्यो प्रतिशत भने कम रहेको बताए । योग दिवसका अवसर पारेर शुभारम्भ गरिएको सो योग र ध्यान केन्द्रमा आएर आपूm र आपूmसंग रह्नेहरुलाई स्वस्थ्य राख्न मेयर साहले नगरवासीहरु संग आग्रह गरेका थिए ।उनले “सामूहिक रूपमा गरिने योग र ध्यान सिकाइका लागि उपयुक्त हुँदो रहेछ । यसैले योग ध्यानबारे सर्वत्र चासो बढोस् भन्ने चाहनाका साथ योगभवन निर्माण गरेका हौँ ।” तीन दिवसीय सो कार्यक्रममा योग र ध्यान बारे चर्चा परिचर्चा गर्दै योग दिवस मनाइएको हो ।



