अपडेट 
२०७८ माघ ३, सोमबार ०७:२६

प्रादेशिक अस्पताल जनकपुरधाममा दुरबीन प्रविधिबाट क्यान्सरको पहिलो शल्यक्रिया सफल भएको छ ।

प्रादेशिक अस्पतालका युरोलोजिष्ट डा. सुधिरकुमार सिंह, सर्जन डा. राजेश साह र एनेस्थेसिओलोजिष्ट डा. नविन साह र ओटी कर्मचारीहरुको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालका मेसु प्रमोदकुमार यादवले जानकारी दिएका छन् । धरान ११ बस्ने ८० बर्षीय विरामीलाई विगत ८ महिना देखि पिसाबमा रगत गई रहेको र अल्ट्रासाउण्डमा पिसाबको थैलीमा मासु पलाएको देखिएको जानकारी दिँदै शल्यक्रियाका चिप डा. सिंहले भने–‘सिटीमा झन परास्त पाएको थियो ।’ उनले भने–‘त्यो बिमारी म संग शल्यक्रिया गराउनकोलागि धरानबाट आएको र दुरबीनवाट उनको अपरेशन सफलता पुर्वक भयो ।’ प्रादेशिक अस्पतालमा दुरबीन प्रविधिबाट यो पहिलो र सफल शल्यक्रिया भएको जनाइएको छ ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News

Latest News

Trending News