अपडेट 
२०७८ माघ ३, सोमबार ०७:४८

जनकपुरधाम । स्थानीय व्यवसायीहरुले प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै हुनु पर्ने माग गरेका छन् ।

प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई निर्धारण गर्नु पर्ने भन्दै जनकपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरुले मुख्यमनत्री लालबाबु राउतलाई दवाव दिएका छन् । उनीहरुले आइतबार मुख्यमन्त्री सहित मन्त्रीहरूलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाउँदै जनकपुरधामलाई स्थायी राजधानी घोषणा गर्न माग अघि सारेका हुन् । स्थायी राजधानी नतोकिएकै कारण प्रदेशमा लगानी गर्न तयार रहेका देश र देशबाहिरका लगानीकर्ताहरू अन्यत्र जान थाल्दा प्रदेशको आर्थिक विकासमा असर परिरहेकोले राजधानी तोकेर छिटो निकास दिनु पर्ने माग व्यवसायीहरुले गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतले ज्ञापन पत्र बुझ्दै नाम र राजधानी तोक्ने काम प्रदेश सभाको दुइ तिहाइ बहुमतले गर्ने बताए । संवैधानिक व्यवस्था अनुसार यो कार्यमा ह्वीप लगाउने प्रावधान नभएकाले दुइ तिहाइ बहुमतले नै निर्णय हुने उनले स्पष्ट पारे ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News

Latest News

Trending News