२०७८ माघ ३, सोमबार ०७:५४

जनकपुरधाम । ग्रामीण विकास प्रशिक्षण केन्द्र जनकपुरधामको कार्यकारी निर्देशकमा सत्तार अन्सारीले पदभार ग्रहण गरेका छन् ।

आइतबार एक कार्यक्रम बीच उनलाई नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव मेखराज मगराती र उप–सचिव रुपेश साहले पदभार ग्रहण गराएका थिए । केन्द्रले प्रदेश तथा स्थानीय तहका कर्मचारीहरुलाई आवश्यक्ता अनुसारको क्षमता अभिवृद्धि तथा कार्यमुलक प्रशिक्षण दिने गरेका छन् । यसले संघीयतालाई बलियो बनाउनकालागि तीनै तहको सरकारबीच समन्वयकारी भूमिकामा रहने गरेका छन् । अन्सारी ग्रामीण विकास प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा आएपछि स्थानीय तहका कर्मचारीहरुको क्षमतावृद्धि हुनेमा विश्वास व्यक्त गरिएको छ ।

Comment


Related News