अपडेट 
२०७८ माघ ४, मंगलवार ०८:०३

जनकपुरधाम । नेपाली जनताको घरदैलोमा अनवरत बैंकिंग सेवा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नवनिर्मित आप् mनै भवनबाट काम काज सञ्चालन गरेको छ ।

जनकपुरधामको विद्यापति चोकमा निर्माण भएको सुविधा सम्पन्न भवन सोमबारदेखि संचालनमा ल्याएको छ । भवनमा पूजा पाठ गरी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेलले उद्घाटन गरे संगै सो भवनबाटै बैंकको सम्पूर्ण कारोबार सञ्चालनमा आएको हो । करिव ३ हजार ७ सय ६७ वर्ग फीटमा फैलिएको उक्तशाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो । हाल धनुषा जिल्ला, जनकपुर उप– महानगरपालिका– ४ मा संचालनमा रहेको विद्यापती चोक शाखा अब हालको भवनबाट करिब ३०० मिटरको दूरीमा रहेको बैंकको आफ्नै भवनमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । यस शाखाबाट ग्राहकहरूलाई प्राथमिकतामा राख्दै प्रिभिलेज काउण्टर समेत सुरु गरिएको छ । साथै यस शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिवद्धता समेत बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १ सय ७४ वटा शाखा, १ सय २३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिंग ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिंक सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम् प्रविधिको अधिकतम् प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्तहुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको जनाएको छ । साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आएका ग्राहकहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, शेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको बैंकले जनाएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने बैंकका प्रवक्ता नारायण अधिकारीले बताएका छन् ।

https://www.youtube.com/watch?v=qffJ0oYAsx0

Comment


Related News

Latest News

Trending News