२०७८ माघ ४, मंगलवार १७:३२

मधेसप्रदेशको राजधानी जनकपुर घोषण गरिएको बिरोधमा नेपाली कांगे्रसले वीरगन्जमा बिरोध प्रर्दशन गरेको छ । नेपाली कांग्रेस वीरगन्ज महानगरसमितले आयोजना गरेको बिरोध प्रर्दशनमा कालो झन्डासहित मुख्यमन्त्रीको बिरोधमा चर्को नाराबाजी गरिएको थियो ।सोमबार प्रदेश सभामा भएको मतदानले २नम्बर प्रदेशको राजधानी जनकपुर र प्रदेशको नाम मधेस घोषणा गरेको थियो ।मधेस आन्दोलनमा वीरगन्जलाई मधेस प्रदेशको राजधानी बनाउने घोषणाको बिरोधमा जनकपुरलाई राजधानी तोक्ने प्रस्ताव पारित गरेपछि वीरगन्जमा प्रदर्शन भएको हो ।

वीरगन्जको घन्टाघरबाट सुरु भएको बिरोध जुलुस आदर्शनगर, माईस्थान, घन्टाघर हुँदै नगर परिक्रम गरेर वीरगन्ज– ११ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घरअगाडि पुगेको थियो। प्रदर्शनकारीहरूले मुख्यमन्त्री राउतविरुद्ध नारा लगाउदै उनको घरमा ढुगांमुडा समेत गरेका थिए। मधेस आन्दोलनका वेला वीरगन्जलाई नै राजधानी बनाउने वाचा गरेका मधेसका नेताहरूले सत्तामा पुगेपछि वाचा भुलेको उनीहरूको आरोप छ।ढुंगा प्रहारबाट मुख्यमन्त्रीको घरको सिसा फुटेको छ। घटनापछि राउतको घरअगाडि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कुल एक सय चार सांसद रहेको प्रदेश सभामा सोमबार जनकपुरलाई राजधानी बनाउने प्रस्ताव पारित भएको थियो। प्रस्ताव पारित गर्न ७० मत आवश्यक भए पनि प्रस्तावको पक्षमा ७८ मत परेको थियो।

https://www.youtube.com/watch?v=qffJ0oYAsx0

Comment


Related News