२०७८ माघ ५, बुधबार ०६:१२

गौर । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले लामो समयको संघर्ष पछि मधेशी जनताले पहिचान सहितको उपलब्धी पाएको बताएका छन् ।

मधेशको लागि आफ्नो जीवनको आहुति दिने वीर मधेशी सपूतको सपना साकार भएको समेत उनले बताए । गौर नगरपालिकाको आर्थिक सहयोगमा आजदेखि शुरु भएको निःशूल्क लोक सेवा आयोग तयारी कक्षाको उद्घाटन समारोहमा बर्षौ देखिको संघर्षको सफलता मधेशी जनताले प्रदेशको नाम मधेश प्रदेशबाट प्राप्त गरेको उल्लेख गरे । आफ्नो राजनीतिक शुरुवात नै नेपाल सदभावना पार्टीको भातृ संगठनबाट भएकोले मधेश प्रदेश तथा स्थायी राजधानी जनकपुर धाम भएकोमा हर्षित भएको बताए । मधेश आन्दोलनमा जीवनको बलिदानी दिएका वीर मधेशी शहिद प्रति श्रद्धाञ्जली अर्पण गर्दै मधेशी जनताले विश्व सामु आफ्नो पहिचान बनाउन सफल भएकोमा सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरुलाई धन्यवाद समेत ज्ञापन गरे ।

Comment


Related News