अपडेट 
२०७८ माघ ५, बुधबार ०६:१९

मलंगवा । कोरोनाको तेस्रो लहर पनि सूरु भइसकेको छ । प्रत्येक दिन कोरोनाका संक्रमितहरु थपिने क्रम बढेको छ। तर पनि सरोकारवाला निकायहरुको ध्यानाकर्षण हुन सकेको छैन । उनीहरु अहिले पनि कानमा तेल हालेर सुतिरहेको देखिएका छन् । सरोकारवालाहरुले जनतालाई वेवास्ता गरेपनि सर्लाहीका पत्रकार हरुले भने उनीहरूलाई चुनौती दिँदै आम सर्वसाधारण नागरिकहरुको समस्यालाई आफ्नै समस्या झैं उनीहरूलाई केही थोरै भएपनि राहत महसुस गराउन विभिन्न राहत सामाग्रीहरु वितरण गर्न सुरु गरेको छ।

यसै क्रममा रिपोर्टस क्लब नेपाल सर्लाही शाखा र जिल्लाको सदरमुकाम मलंगवाबाट प्रकाशित हुने राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिकाले मलंगवा नगरपालिका क्षेत्रमा वसोवास गर्ने विपन्न तथा गरिब समूदायका तीन दर्जन भन्दा बढी एकल(विधवा) महिला तथा वृद्धाहरुलाई न्यानो कम्बल र चवनप्राश वितरण गरेको छ । यसैगरी रिपोर्टस क्लब नेपाल प्रदेश न–२ का अध्यक्ष बख्तियार अली, लोकतन्त्र दैनिक पत्रिकाका सम्पादक मनोज यादव, भारतीय मिडिया राष्ट्रिय खबरका नेपाल सम्वादाता सुनिल राय लगायतका सञ्चारकर्मीहरुले कोरोना संक्रमणलाई मध्येनजर गर्दै मलंगवा बजारको साथै सार्वजनिक तथा निजी सवार ीसाधनहरु बस,ट्रक,टेम्पु,रिक्सा,ताँगा, जीप, मोटरसाइकल लगायतमा सवार यात्रुहरुलाई सर्जिकल माक्स वितरण गरेका छन् । प्रति व्यक्ति एकजनालाई एक–एकवटाको दरले दुई हजार भन्दाबढी माक्स वितरण गरेको राष्ट्रिय लोकतन्त्र दैनिकका सम्पादक मनोज यादवले बताए । उनले अब मलंगवा प्रवेश गर्ने नाकाहरु गम्हरिया(पेट्रोल पम्प),भेल्ही नजिक झिम पुल, मलंगवा नगरपालिका–२ कृष्णा चोक,नेपाल– भारत सीमानाका अन्तर्गत गोरखकाली प्रहरी चौकी लगायतका नाकाहरुमा माक्स वितरण गर्ने कार्यक्रम रहेको जानकारी समेत दिए ।

माक्स वितरणसंगै मलंगवा नगरपालिका भरिका विपन्न तथा दलित समुदायका एकल महिलाहरुलाई न्यानो कम्बल र चवन्नप्राश समेत वितरण गरिने कार्यक्रम गर्ने योजना रहेको रिपोर्टस नेपाल प्रदेश न–२ का अध्यक्ष पत्रकार अलीले जानकारी गराए । आफ्नो जनताको समस्या र सोको समाधान गर्ने दायित्व जनप्रतिनिधिहरुले बिर्सेपछि भुलेपछि आफुहरुले यस्तो कार्यक्रम गरी सरोकारवालाहरुको ध्यानार्षण गराउने सानो प्रयास गरेको पत्रकार अलीले बताए ।

Comment


Related News

Latest News

Trending News