अपडेट 
२०७८ माघ ६, बिहीबार १२:२५

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।  यस्तै तेजाबी सुनको मूल्य पनि वृद्धि भएर तोलामा ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको चाँदी बढेर तोलामा बिहीबार १३१५ रुपैयाँमा कारोबार भएको हो ।

Comment


Related News

Latest News

Trending News