२०७८ माघ ६, बिहीबार १२:३२

स्थानिय तहको निर्वाचनको मिति तयलगायतको बिषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।

आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। उनका अनुसार आजको बैठकमा स्थानीय तहको निर्वाचनलगायत विषयमा र अन्य समसामयिक राजनीतिक विषयमा पनि  छलफल हुने छ।

निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानिय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन नसके पनि बिहिवार पुनः बैठक बस्न लागेको हो ।

Comment


Related News

Latest News

Trending News