अपडेट 
२०७८ माघ ७, शुक्रबार ०६:५१

जनकपुधाम । पछिल्लो २४ घण्टाको अवधिमा ३ सय ३५ जनामा कोरोना परीक्षण गर्दा २ सय ७ जनामा संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टा भित्र मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालामा १ सय ३५ जनामा परीक्षण गर्दा ६३ जनामा संक्रमण भएको र चार जना पुरानो विरामी रहेको जनाइएको छ । त्यसैगरी राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा ३३ जनाको परीक्षण गर्दा ३० जनामा,सिरहा अस्पतालमा परीक्षण गरिएका मध्ये ११ जनामा,जलेश्वर अस्पतालको पीसीआर ल्याबमा २० जनाको परीक्षण गर्दा ९ जनामा,सर्लाही अस्पतालमा ४२ जनामा परीक्षण गर्दा २४ जनामा र ६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा,गौर अस्पताल रौतहटमा २२ जनाको परीक्षण गर्दा १० जनामा ,वीरगञ्जको नारायणी अस्पतालमा ८६ जनाको परीक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । सो अवधिमा संक्रमित हुनेहरु मध्ये धनुषाको ४७, महोत्तरीको १२, सिरहाको १३,सर्लाहीको २४,सप्तरीको २४,रौतहटको ११,बाराको सात तथा पर्साका ४२ जना रहेको जनाइएको छ । त्यसैगरी सोही अवधिमा अन्य प्रदेशका भएर यहाँ परीक्षण गराएका २३ संक्रमित रहेको प्रयोगशालाद्वारा जारी तथ्यांकमा उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News