अपडेट 
२०७८ माघ ७, शुक्रबार ०६:५९

विभिन्न समयमा भएको आन्दोलनको उपज हो मधेश । मधेश शब्दले कुनै बेला तीखो किला जस्तो चुभ्ने मधेशी जनतालाई आज त्यो सृङ्गार झै भएको छ । सरकारले मधेशी हो भनेर त जिल्ला प्रशासनवाट प्रमाणित नै गराउन प्रावधान ल्याए । मधेशीले त्यसलाई सहजै स्वीकार गरे । सरकारसंग विभिन्न समयमा भएको आन्दोलनमा मधेशीलाई आरक्षण दिन घुँडो टेकाए ।

आजभोली लोक सेवा आयोगवाट हुने अधिकांश परीक्षामा मधेशी छात्रछात्राहरु आरक्षण गरिएको मधेशी कोटावाट नाम निकाल्नेको संख्या पनि कम छैन् । अहिलेका स्थानीय तहहरुमा त मधेशी कोटावाट नाम निकालेका अधिकांश अधिकृत, सुब्बा र खरिदार तहमा कार्यरत युवाहरु भेटाउने गरेका छन् । त्यो मधेश आन्दोलनको उपलब्धि हो यसलाई नकार्न सकिदैन् । मधेश आन्दोलन भन्दा पहिला निजामती कर्मचारीमा मधेशीको अवस्था र अहिलेको अवस्थामा धेरै नभए पनि सुधार भएकै हो । आजभोली छात्रछात्राहरु मधेशी कोटाबाटै जागिर खाएको हो उनीहरुमा खुल्लावाट नाम निकाल्ने सामर्थ नरहेको भन्न त सकिँदैन् तर, अधिकांश मधेशी कोटाबाटनै रहने गरेका छन् र उनीहरु खुशीपूर्वक मधेशी प्रमाणित गराउने गरेका छन् । आज मधेशी प्रमाणित गरिएको त्यो प्रमाणपत्र गहना झै यहाँका छात्रछात्रारु सम्हालेर राख्ने गरेका छन् । तर, राजनीति भनेको यस्तो हुन्छ कि हरेक गतिविधिको स्वामित्व ग्रहण आपूmले गर्न नसक्दा त्यसको विरोध त नहुने पनि होइन् । पहिलो मधेश आन्दोलनको समयमानै आन्दोलनकारीहरुले यहाँ स्थितका सरकारी कार्यालयहरुको बोर्ड तोडफाड गरी मधेश सरकारनै लेखेका थिए । मधेश आन्दोलनको उपज संघीयता हो र संघीयतावाट बनेको राज्यहरु अन्तर्गतनै प्रदेशको स्थापना भएको हो । प्रदेश सरकारले प्रदेशको नाम मधेश प्रदेश राख्दा विरोधाभासको औचित्य के त ? जनताले त मधेशकोलागि आन्दोलन गरेका थिए । कुरा रह्यो २२ जिल्लाको मधेश वा ८ जिल्लाको मधेश ? नेपाल कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले राज्य पुनर्संरचना गरेको थियो । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलहरुले मुलुकमा ७ वटा प्रदेश बनाए ।

मधेशलाई टुक्रा टुक्रा गरे । २२ जिल्लाको मधेशलाई ८ जिल्लामा समेटने ती दलहरु नेताहरु आज दुई दुई हात उफ्रि रहेका छन् । नेपाली कांग्रेसका मन्त्रीहरु कुन पहाडको फेदवाट आएका हुन ? उनीहरु पनि मधेश क्षेत्रकै हुन । ती पार्टीका नेताहरुमा भने अहिलेसम्म संघीयता आउन सकेको छैन् । उनीहरु अहिले पनि काठमाण्डुकै निर्णयको पर्खाइमा बस्ने परिपाटी भने सकिएको छैन् । मुलुकमा तीन तहको सरकार छ सवै सरकारको आ–आफ्नो निर्णय लिने अधिकार पनि छ । तर, आपूmलाई केन्द्रीय पार्टीको नेताहरु यहाँको भौगोलिक अवस्था, जनताको भावना र यहाँको गतिविधि अनुसार पार्टी चलाउनु भन्दा बढी केन्द्रवाट आएको निर्देशनको पालना गर्दा गर्दै दिनरात बित्ने गरेका छन् । नेपाली कांग्रेसको विर्ता भनेको मधेशमा आज कांग्रेसको अवस्था दयनीय भएको छ त्यसको कारण केन्द्रको निर्देशन पालना र यहाँको जनताको अवमूल्यननै हो । यहाँका जनताले चाहे अनुसारले पार्टीपोलिसी गर्ने कि पार्टीको पोलिसी अनुसार जनतालाई चलाउने एउटा बाटो अपनाउँदा केन्द्रीय पार्टीका नेताहरुलाई फाइदा पुग्न सक्थ्यो । आज कांग्रेसको विकल्पमा जसपा र लोसपा बने । निर्वाचनको बेला भोट माग्दा म पनि मधेशी हो भन्ने रुचाउने तर, प्रदेशको नाम मधेश नरुचाउने यो नीति जनता बुझ्दैन् ? केन्द्रको निर्णयको आधारमा विगतमा चल्ने कि जनताको भावना अनुसार केन्द्रलाई जानकारी गराउने, स्पष्टताको आवश्यकता छ । मधेश शव्द बाण झै लाग्ने गरेका मधेशीले आज त्यसलाई सृङ्गार बनाए त्यसमा आपति किन ? मधेशमा हेरक विषयमा आफ्नो धारणा बनाउनेहरुको एउटा झुण्डनै छ । शिक्षाको स्तर नेपालका अन्य ६ वटा प्रदेश भन्दा धेरैनै कमजोर छ तर, बुद्धिजीवि भने सवै प्रदेश भन्दा बढी यसै प्रदेशमा छ । प्रदेश १ बाहेक अन्य प्रदेशको नामकरणमा भने देखिएको सहजताको अनुकरण गर्नुको साटो गरिने विरोध र राखिने गरेको धारणाले आगामी दिनमा यसले भावी सन्ततिहरुको वाटो तय गर्नेछ ।

आफ् नो स्वार्थकालागि गरिने र गराउने विरोधले राज्यमा पर्ने असरको बारेमा पनि सोच्ने उनीहरुकै दायित्व हो किनभने उनीहरुनै राज्य संचालनको जिम्मेवारी पाएका छन् । जनताको नाउँमा गरिने आन्दोलन र गरिने विरोधले जनता के पाए के गुमाए त्यो त जनताहरुलाई थाहानै छ तर, भावी कार्यदिशा र कार्ययोजना निर्धारण गर्नकालागिनै जनताले आफ्नो नेता चुन्ने गरेका छन् । मधेश प्रदेश बाहेकका प्रदेशको उदाहरण दिने तर, उनीहरुले गरेको कामको अनुशरण नगर्ने । ती प्रदेशहरुले आफ् नो पहिचान अनुसारको प्रदेशको नामकरण गरे । जनताले गरेको आन्दोलनको उपलव्धि मधेश रहेको र मधेश प्रदेश राखिएकोमा किन अपाच्य हुने ? मिथिला, जानकी हाम्रो धरोहर हो । यसलाई बचाएर राख्नु पर्छ । तर, मधेश भनेको मधेशीको पहिचान हो । प्रदेशको नामकरणमा देखिएका केही टिप्पणी निहित स्वार्थ र निजी बाहेक मधेशका जनताको भलो हुने लायक छैन् । मधेशका जनताको भावना के छ बुझनु पर्ने ठाउँमा आफ्नो भावना राखेर राज्य संचालन गर्ने र गराउनेहरुको विर्ता कुन दिन जनताले फिर्ता गर्नेछ त्यसको कुनै ठेगाना छैन् । राजाको राज्य खोसियो, राणाहरु लखेटियो, व्रिटिस सेना यहि भूमिवाट लखेटिए र आज जनताको पहिचान मेटाउने उद्यत भएकाहरुलाई जनताले लखेटन शुरु गरे भने शरणार्थी हुन समय लाग्नेछैन् ।

Comment


Related News

Latest News

Trending News