२०७८ माघ ७, शुक्रबार १९:२०

सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनका बिषयमा संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले स्थानीय तह निर्वाचनबारे देखिएको कानुनी अस्पष्टताबारे संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन एकै पटक गर्ने विषयमा पनि छलफल भएको सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । निर्वाचन खर्च, नेपालको भूगोल लगायतका विषयलाई ध्यानमा राखेर सबै निर्वाचन एकैपटक गर्ने बिषयमा छलफल सुरु गरेको कार्कीले बताउनुभयो । उहाले संविधान र ऐनमा स्थानीय निर्वाचनबारे फरक–फरक व्यवस्था भएको दाबी गर्दै त्यसलाई कसरी मिलाउने बिषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।

दलहरुबीच निर्वाचनको बिभिन्न बिकल्पमाथि पनि छलफल भएको नेताहरुले जनाएका छन् । केहि दिनमा नै निर्वाचनका बिषयमा टुङ्गो लाग्ने कार्कीले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News