२०७८ माघ ८, शनिबार ०७:४९

राजविराज । मधेश प्रदेशको अलग अलग जिल्लाबाट लागुऔषध ओसार पोसार गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । सो क्रममा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको प्रतिबन्धित लागु औषधसहित तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरीको तिरहुत गाउंपालिका–५ का २७ वर्षीय राजकुमार मेहता, सोही वडाका १९ वर्षीय सिन्दु सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ का २५ वर्षिय बैजु साह छन् । बिहीबार मध्यरात पक्राउ परेका उनीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको छ । प्रहरी उपरिक्षक अविनारायण काफ्लेका अनुसार विहीबार राती १२ बजेतिर छिन्नमस्ता गाउंपालिका–१ बरही स्थित पूर्वपश्चिम कोशी कनाल पम्प नहरको बाटोमा चेकजांच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को.२३ प.२७७३ नम्बरको मोटरसाइकलमा चढेका उनीहरुबारे शंका लागि चेकजांच गर्दा प्रतिबन्धित लागुऔषध डाइलेक्स डिसी एक सय एमएल १ सय ९० बोतल डाइजेपाम २ एमएलको सुई, फेनारगन २ एमएलको सुई र लेजेसिक २ एमएलको सुई ९५÷९५ का दरले बरामद गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए । पक्राउ परेकाहरुलाई शुक्रबार नै सप्तरी जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । त्यसै गरी बारा जिल्लाबाट लागु औषध सहित एक युवकलाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उप–महानगरपालिका–९ पशुपतिनगरका २१ वर्षीय कृशिस गुरुङ्ग रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले जनाएको छ । विहीबार अपरान्ह करिब साढे ३ बजे बाराको बिश्रामपुर गाउंपालिका–३ मुसर्वा चोकमा बि.ओ.पी. बरैनिया र प्रहरी चौकी बलिरामपुरबाट खटेको प्रहरी टोलीले भारतबाट आउंदै गरेको बा ७३ प ८५९५ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा विन सिरेक्सा/डाइलेक्स डिसी २ झोला बरामद गरेको सशस्त्र प्रहरीले जनाएका छन् । विहीबार पक्राउ परेका युवकलाई शुक्रबार सार्वजनिक गरिएको छ । पक्राउ परेका गुरुङ्ग र लागुऔषध तथा मोटरसाइकल प्रहरीलाई बुझाइएको छ ।

https://www.youtube.com/watch?v=O9G8Yeo_V04

Comment


Related News