२०७८ माघ ८, शनिबार ०७:५२

राजविराज । मधेश प्रदेशको अलग अलग स्थानबाट २५ लाख भन्दा बढी स्रोत नखुलेको रकमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सो क्रममा सप्तरी प्रहरीले दुइ जनालाई हुण्डी कारोबार गरेको आरोपमा पक्राउ गरेको हो । सप्तरीको डाक्नेश्वरी नगरपालिका–५का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ का २४ वर्षीय दिलिप कुमार मण्डललाई स्रोत नखुलेको ९ लाख ९० हजार रुपैयाँ सहित पक्राउ गरिएको हो । दुई दिनअघि पक्राउ परेका चौधरी र मण्डललाई शुक्रबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको छ । राजविराज–५मा रहेको छिन्नमस्ता अस्पताल अगाडि दुबै हुण्डी कारोबारी पुगेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रदेश–२– ०१–००३ प.३४७८८ नम्बरको मोटरसाइकल र नगद ९ लाख ९० हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । डिएसपी माधवप्रसाद काफ्लेका अनुसार भारतबाट मोटरसाइकलमा घर फर्कदै गरेका उनीहरुले बोकेको कालो झोलाबाट १ हजारका सात र पाँच सयको एक हजार ९ सय ६६ थान गरी उक्त परिमाणको रकम बरामद गरिएको हो ।

अनुसन्धानको क्रममा दुबै जना हुण्डी कारोबारमा संलग्न रहेको खुलेशा भएको उनले बताए । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इटहरी स्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ । महोत्तरी महोत्तरी प्रहरीले नक्कली नोट सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरको छ । जिल्लाको महोत्तरी मटिहानी नगरपालिका– ३ धीरापुर विकाश आयल स्टोर्समा बीआर ३०ए२४०३ नं.को मोटरसाइकलमा आएका भारतीय नागरिकले १ हजारको नक्कली नोट बोकेको सूचनाको आधारमा प्रहरीले दुई थान नक्कली नेपाली हजारको नोट सहित फक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पंचायत देआरावारी का ४० वर्षीय नुरुल होदा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि खोटा मुद्रा मुद्दामा जिल्ला अदालत महोत्तरीबाट पाँचदिनको म्याद थप गरी अनुसन्धान जारी रहेको छ । त्यसैगरी शुक्रबारै प्रहरीले स्रोत नखुलेको करिब १० लाख भारतीय रुपियाँ सहित एक जनालाई पक्राउ गरेको छ । बिहान १० बजेको समयमा प्रहरी चौकी भिठ्ठामोडबाट खटेको प्रहरीले भारत बिहारको जिल्ला सितामढी सुरसण्ड–६का ३९ वर्षीय उदय कुमार साहलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ९ लाख ९७ हजार ९ सय ५० रुपियाँ र २ लाख ४० हजार भारुको दरले काटिएको चार वटा चेक सहित पक्राउ गरेको हो ।

पक्राउ परेको व्यक्ति र बरामद भएको नगद चेक सहित राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Comment


Related News