अपडेट 
२०७८ माघ ८, शनिबार ०८:०८

बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुनः कोरोना विशेष अस्पताल सञ्चालन गरेको छ ।

प्रतिष्ठानले सञ्चालन गरेको १०० शय्याको सो कोभिड विशेष अस्पतालमा २० भेन्टिलेटर र २० शय्याको आइसीयू शय्या रहेको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिनुभयो । यसका साथै कोभिड विशेष अस्पतालमा दैनिक ५० सिलिण्डरसम्म भर्न सक्ने क्षमताको अक्सिजन प्लान्टसमेत जडान गरिएको उपकुलपति प्रा डा साहले बताउनुभयो । सञ्चालन गरेको कोभिड विशेष अस्पतालमा हाल दुई कोभिड सङ्क्रमितको उपचार भइरहेको र उपचाररत दुवै सङ्क्रमितको स्वास्थ्य अवस्था समान्य रहेको प्रतिष्ठानले जनाएको छ । कोभिड विशेष अस्पतालका अधिकांश शय्या अहिले खाली रहेकाले दैनिक तीन–चार जना अन्य रोगका बिरामीलाई समेत राखेर उपचार गरिरहेको उपकुलपति डा साहले बताउनुभयो । विशेष अस्पतालको गत बुधवार स्वास्थ्य तथा जनसङ् ख्यामन्त्री विरोध खतिवडा, मधेश प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतले निरीक्षण गर्नुभएको थियो । प्रदेश सरकारबाट वार्षिक रु १० करोड अनुदानमा सञ्चालित सो प्रतिष्ठानले अघिल्लो कोरोनाकालमा पनि कोभिड अस्पताल सञ्चालन गरेको थियो ।

यस्तै तीव्रगतिमा फैलिरहेको कोभिड–१९ सङ् क्रमणलाई मध्यनजर गर्दै भारतसँग जोडिएका धनुषाको सिमानामा हेल्थ डेस्क स्थापना गरिएको छ । छिमेकी मुलुक भारतबाट सङ्क्रमित नेपाल भित्रिन सक्ने भन्दै सीमा जोडिएका धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवा, खजुरी गाउँपालिकाको महुवामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । यसबाहेक धनुषाको नगराइनस्थित जटही नाकामा हेल्थ डेस्क स्थापनाको तयारी भइरहेको उहाँले बताउनुभयो ।रासस

https://www.youtube.com/watch?v=O9G8Yeo_V04

Comment


Related News

Latest News

Trending News