अपडेट 
२०७८ माघ ८, शनिबार ०८:२३

जनकपुरधाम । पछिल्लो २४ घण्टा भित्र मधेश प्रदेश भरि ३ सय ७५ जनामा कोरोना परीक्षण गर्दा १ सय ९९ जनामा संक्रमणको पुष्टि भएको छ ।

सो अवधिमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरमा १ सय २२ वटा पिसिआर परीक्षण गर्दा ४८ वटा नयाँ पोजिटिभ केस र ४ वटा पुरानो केस रहेको, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा २६ वटा पिसिआर परीक्षण गर्दा १४ वटा नयाँ पोजिटिभ केस फेला परेको मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । त्यसैगरी सिरहा अस्पतालमा ४७ जनाको परीक्षण गर्दा ३६ जनामा, जलेश्वर अस्पतालको पिसिआर ल्याबमा १५ वटा परीक्षण गर्दा १० जनामा, मलंगवा अस्पताल, सर्लाहीमा २२ जनामा परीक्षण गर्दा १६ जनामा संक्रमणको पुष्टि भएको हो । त्यस्तै गौर अस्पताल, रौतहटमा २३ जनाको परीक्षण गर्दा १० जनामा संक्रमणको पुष्टि भएको छ भने बारामा ४१ जनामा परीक्षण गर्दा २६ जनामा, नारायणी अस्पताल, वीरगञ्जमा ७९ वटा पिसिआर परिक्षण गर्दा ३८ जनामा तथा एउटा एन्टिजेन परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको जनाइएको छ । पछिल्लो २४ घण्टा भित्र संक्रमित हुनेहरु मध्ये महोत्तरीको ११ जना,धनुषाका ४१ जना,सर्लाहीको १८,सप्तरीका १४ ,रौतहटको १० जनामा,बाराको २९ जनामा तथा पर्साको २८ जनामा संक्रमणको पुष्टि भएको प्रदेश प्रयोगशाला जनकपुरधामले जनाएको छ । यसैसंग मधेश प्रदेशभरि कोरोना संक्रमित हुनेहरुको संख्या ४० हजार १ सय १ पुगेको छ । त्यसै गरी प्रदेशभरि ३७ हजार ६ सय ६१ जना संक्रमणमुक्त भएका छन् ।

मधेश प्रदेशमा तीन संक्रमितको मृत्यु

मधेश प्रदेशमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सप्तरी जिल्लाको विष्णुपुर गाउंपालिका–७ का ६० वर्षीया महिलाको मृत्यु भएको छ भने बारा जिल्लाको महागढीमाइ नपा– ६का ५० वर्षीय पुरुष को कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यसैगरी महोत्तरी जिल्ला औरही नपा–५ श्रीपुरका ४९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको बताइएको छ । तीनै जनामा कोरोना परीक्षण गर्दा पोजिटिभ रहेको र उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News